अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत

काठमाडाैं | माघ २१, २०८१

अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत

काठमाडौं:    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले देशव्यापीरूपमा माओवादी केन्द्रमा प्रवेशको लहर चलेको उल्लेख गर्दै सबैलाई एकताबद्ध र ध्रुविकृत हुन आह्वान गरेका छन् ।


अध्यक्ष प्रचण्डले आज बिहान आफ्नो निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताए ।


विचार मिल्ने विभिन्न धारसँग एकताका लागि पनि पहल भइरहेको जानकारी दिँदै प्रचण्डले यस्ता प्रवेशले एकता र ध्रुवीकरणका लागि दबाब पुग्ने बताए ।


पार्टी प्रवेश गर्नेहरुमा आम जनता पार्टी (आजपा)का  केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिक, स्थायी समिति सदस्य एवं पर्सा इञ्चार्ज कदम रसुल, ब्यापार महासंघका पूर्व केन्द्रीय सदस्य वीरबहादुर बिदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघ्न गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजीव गुप्ता, दिलिप गुप्ता, विकास पटेल, जिल्ला सदस्य आकाश पटेल, जिल्ला सदस्य नारायण देवान, नगर सदस्यहरू सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल, चुनु महतो छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्